Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

राष्ट्रिय वाणिज्य बैंकले कमायो दुई अर्बबढी मुनाफा

२०७४ जेष्ठ २ गते

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा दुई अर्ब सात करोड ४९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८ दशमलव १० प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंकले एक अर्ब ६१ करोड ९६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

आठ अर्ब ५८ करोड चुक्तापुँजी भएको राष्ट्रिय वाणिज्य बैंकले जगेडाकोषमा दुई अर्ब नौ करोड १४ लाख रुपैयाँ राखेको छ । बैकले निक्षेपमा तीन दशमलव ८४ प्रतिशतले वृद्धि गरी एक खर्ब ३५ अर्ब ३६ करोड ४८ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा २७ दशमलव ८४ प्रतिशत बढाएर एक खर्ब एक अर्ब ३६ करोड ४४ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी २५ दशमलव २० प्रतिशतले बढेर चार अर्ब ६७ करोड तीन लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा २४ दशलमव ०४ प्रतिशत बढेर एक अर्ब ८१ करोड १५ लाख रुपैयाँ पुगेको छ । 

यो अवधिमा ६६ करोड ४२ लाख रुपैयाँ खराबकर्जा उठाएको बैंकले सम्भावित जोखिम वापत ५९ करोड ४९ लाख रुपैयाँ राखेको छ । बैंकको निष्कृय कर्जा शुन्य दशमलव ८२ प्रतिशतले घटेर दुई दशमलव ७० प्रतिशत कायम भएको छ भने पूँजीकोष (जोखिम भारित सम्पत्ति) शुन्य दशमलव ८४ प्रतिशतले बढेर ११ दशमलव ४७ प्रतिशत पुगेको छ । 

Ad