महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ५७ लाख २८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शुन्य दशमलव ६१ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा महिला सहयात्राले ५६ लाख ९३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
१२ करोड १० लाख रुपैयाँ चुक्तापुँजी भएको महिला सहयात्रा माइक्रोफाइनान्सले जगेडाकोषमा एक करोड १७ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ९५ दशमलव ६८ प्रतिशतले वृद्धि गरी छ करोड २१ लाख रुपैयाँ संकलन गरेको माइक्रोफाइनान्सले कर्जामा ४२ करोड ७८ लाख रुपैयाँ लगानी गरेको छ । संस्थाको खुद व्याज आम्दानी ३९ दशमलव १३ प्रतिशतले बढेर तीन करोड २३ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा आठ दशमलव ६२ प्रतिशतले बढेर ६३ लाख रुपैयाँ पुगेको छ ।
महिला सहयात्रा माइक्रोफाइनान्सको निष्कृय कर्जा तीन दशमलव ०७ प्रतिशत, पुँजीकोष अनुपात २८ दशमलव २२ प्रतिशत, प्रतिसेयर आम्दानी वार्षिक छ दशलमव ३१ रुपैयाँ, मुल्य आम्दानीको अनुपात दुई सय १५ दशलमव ४६ गुणा, प्रतिशेयर नेटवर्थ १ सय १० रुपैयाँ र तरलता अनुपात ३६ प्रतिशत रहेको छ ।