Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

इन्नोभेटिभ डेभलपमेन्ट बैंकको मुनाफा ९६.९६ प्रतिशतले बढ्यो

२०७४ बैशाख २७ गते

इन्नोभेटिभ डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा छ करोड ५९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९६ दशमलव ९६ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा इन्नोभेटिभले तीन करोड ३१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

३५ करोड ३६ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकले निक्षेपमा १९ दशमलव ४९ प्रतिशतले वृद्धि गरि दुई अर्ब ६२ करोड ३० लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा दुई अर्ब ३६ करोड ८२ लाख रुपैयाँ लगानी गरेको छ । खुद व्याज आम्दानी ५८ दशमलब ३३ प्रतिशतले बढेर १३ करोड ३४ लाख रुपैयाँ पुगेको बैंकको सञ्चालन मुनाफा ९१ दशमलब ३० प्रतिशतले बढेर आठ करोड ८२ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा दुई करोड ३७ लाख रुपैयाँ राखेको छ ।

बैंकको प्रतिसेयर आम्दानी वार्षिक २४ दशमलव ८५ रुपैयाँ, मुल्य आम्दानीेको अनुपात १६ दशमलव ८२ गुणा, प्रतिसेयर नेटवर्थ एक सय २८ दशमलव २८ रुपैयाँ, तरलता अनुपात २४ दशमलव ७६ प्रतिशत, निष्कृय कर्जा शुन्य दशमलव २९ प्रतिशत र पुँजीकोषको अनुपात १७ दशमलव ४४ प्रतिशत रहेको छ ।
 

Ad