Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कामना विकास बैंकले कमायो १४ करोड ४७ लाख रुपैयाँ मुनाफा

२०७४ बैशाख २६ गते

कामना विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १४ करोड ४७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक सय २१ दशमलव ५३ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा कामनाले छ करोड ५८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

८० करोड ४३ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडकोषमा २८ करोड ५९ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ८७ दशमलव ६६ प्रतिशतले वृद्धि गरी छ अर्ब ७० करोड ७३ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा छ अर्ब २० करोड १२ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी एक सय ४६ दशमलव चार प्रतिशतले बढेर ३० करोड ८४ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा एक सय १२ दशमलव ६२ प्रतिशतले बढेर २१ करोड ९९ लाख रुपैयाँ पुगेको छ ।

बैंकको निष्कृय कर्जा एक दशमलव ७८ प्रतिशत, पुँजीकोषको अनुपात १६ दशमलव ४० प्रतिशत, प्रतिसेयर आम्दानी वार्षिक १७ दशमलव ९९ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १९ दशमलव ७३ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ३५ दशमलव ५६ रुपैयाँ र तरलता अनुपात २४ दशमलव ०७ प्रतिशत रहेको छ ।

Ad