हामा मर्चेन्ट एण्ड फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा पाँच करोड ५८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । फाइनान्सले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६६ दशमलव ६६ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा हामाले दुई करोड १६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
२४ करोड ७५ लाख रुपैयाँ चुक्तापुँजी भएको हामा मर्चेन्ट एण्ड फाइनान्सको निक्षेप २९ प्रतिशतले घटेर १४ करोड ९९ लाख रुपैयाँ संकलन भएको छ । कम्पनीले कर्जामा २५ करोड ६३ लाख रुपैयाँ लगानी गरेको छ । त्यस्तै हामाको खुद व्याज आम्दानी १८ प्रतिशतले बढेर दुई करोड २९ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा एक सय पाँच प्रतिशतले बढेर ६४ लाख रुपैयाँ पुगेको छ । हामा मर्चेन्ट एण्ड फाइनान्सले प्रोभिजनमा ७८ लाख रुपैयाँ राखेको छ ।
हामा मर्चेन्ट एण्ड फाइनान्सको निष्कृय कर्जा ११ दशमलव ३२ प्रतिशत, पुँजीकोषको अनुपात ८८ दशमलव ३२ प्रतिशत, प्रतिसेयर आम्दानी वार्षिक १९ दशमलव ३३ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १६ दशमलव २४ गुणा, प्रतिसेयर नेटवर्थ १ सय ३१ दशमलव ४५ रुपैयाँ र तरलता अनुपात एक सय २९ दशमलव ८४ प्रतिशत रहेको छ ।