Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

स्वरोजगार लघुवित्तको मुनाफामा झिनो वृद्धि

२०७४ बैशाख २६ गते

स्वरोजगार लघुवित्त विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा दुई करोड तीन लाख रुपैंया खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चार दशमलव ६४ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा स्वरोजगारले एक करोड ९४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

छ करोड ९९ लाख रुपैयाँ रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडाकोषमा तीन करोड ९८ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ५४ दशमलव ५१ प्रतिशतले वृद्धि गरी ४१ करोड १८ लाख रुपैयाँ संकलन गरेको लघुवित्तले कर्जामा एक सय छ दशमलव ०६ प्रतिशत बढाएर एक अर्ब ११ करोड १७ लाख रुपैयाँ लगानी गरेको छ । 

यो अवधिमा स्वरोजगार लघुवित्तको खुद व्याज आम्दानी ३५ दशमलव ३१ प्रतिशतले बढेर छ करोड ४२ लाख रुपैयाँ पुगेको छ । त्यस्तै सञ्चालन मुनाफा चार दशमलव ६४ प्रतिशतले बढेर तीन करोड २० लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा ६६ लाख रुपैयाँ छुटाएको छ ।

चैत्र मसान्तसम्ममा स्वरोजगार लघुवित्तको प्रतिसेयर आम्दानी वार्षिक ३८ दशमलव ८५ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक ६३ दशमलव ९६ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ५४ दशमलव ३२ रुपैयाँ र तरलता अनुपात सात दशमलव ९५ प्रतिशत, निष्कृय कर्जा शुन्य दशमलव २४ प्रतिशत र पुँजीकोषको अनुपात १० दशमलव १८ प्रतिशत रहेको छ ।

Ad