युनिक फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा एक करोड ७३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक करोड ५९ लाख ९३ हजार रुपैयाँ कम नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा युनिकले तीन करोड ३३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
२७ करोड ६७ लाख रुपैयाँ चुक्ता पुँजी भएको फाइनान्सले जगेडाकोषमा पाँच करोड ६० लाख रुपैयाँ राखेको छ । निक्षेपमा ५३ करोड दुई लाख रुपैयाँ संकलन गरी कर्जामा ५८ करोड ६५ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी छ दशमलव ५४ प्रतिशतले घटेर तीन करोड ४० लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १४ दशमलव ३१ प्रतिशतले घटेर दुई करोड ४४ लाख रुपैयाँ पुगेको छ ।
बैंकले १० लाख रुपैयाँ प्रोभिजनमा राखेको छ । फाइनान्सको जोखिमयुक्त सम्पत्ति ५३ दशमलव ४५ प्रतिशत र निष्कृय कर्जा शुन्य दशमलव ४२ प्रतिशत रहेको छ ।