आरएसडिसी लघुवित्त वित्तिय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा एक करोड ५६ लाख ५७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । संस्थाले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८ दशलमव ०८ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा आरएसडिसीले एक करोड पाँच लाख ७३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
११ करोड रुपैयाँ चुक्तापुँजी भएको लघुवित्तले जगेडाकोषमा दुई करोड ४९ लाख रुपैयाँ राखेको छ । लघुवित्तको कर्जा लगानी ८७ करोड ६५ लाख रुपैयाँ पुगेको छ । खुद व्याज आम्दानी ३५ दशमलव ०२ प्रतिशतले बढेर दुई करोड ७४ लाख रुपैयाँ पुगेको लघुवित्तको संचालन मुनाफा ३३ दशमलव ६३ प्रतिशतले बढेर दुई करोड २२ लाख रुपैयाँ पुगेको छ ।
आरएसडिसी लघुवित्तले प्रोभिजनमा १६ लाख ७८ हजार रुपैयाँ राखेको छ । चैत्र मसान्तसम्ममा लघुवित्तको जोखिमयुक्त सम्पत्ति १६ दशमलव ४९ प्रतिशत रहेको छ भने प्रतिसेयर आम्दानी १८ दशमलव १५ रुपैयाँ नोक्सानीमा रहेको छ । त्यस्तै, कम्पनीको पीई रेसियो ४२ दशमलव २० प्रतिशत रहेको छ भने प्रतिसेयर नेटवर्थ एक सय २० दशमलव ८४ रुपैयाँ रहेको छ ।