हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एक अर्ब ५३ करोड ५१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६ दशमलव ३५ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा हिमालयनले एक अर्ब ३१ करोड ९३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
छ अर्ब ६१ करोड ४७ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडाकोषमा चार अर्ब ५१ करोड रुपैयाँ राखेको छ । निक्षेपमा १४ दशमलव ८५ प्रतिशतले वृद्धि गरि ९२ अर्ब ८९ करोड आठ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा १९ दशमलव ५९ प्रतिशत बढाएर ७८ अर्ब ८ करोड ३४ लाख रुपैयाँ लगानी गरेको छ ।
यो अवधिमा हिमालयन बैंकको खुद व्याज आम्दानी १३ दशमलव ३४ प्रतिशतले बढेर दुई अर्ब ७६ करोड ९५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन मुनाफा १६ दशमलव ६२ प्रतिशतले बढेर दुई अर्ब ३९ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।
बैंकले प्रोभिजनमा २ करोड ५७ लाख रुपैयाँ राखेको छ । बैंकको निष्कृय कर्जा दुई दशमलव ०८ प्रतिशतले घटेर शुन्य दशमलव ९० प्रतिशत कायम भएको छ । त्यस्तै, जोखिमयुक्त सम्पति शुन्य दशमलव ७९ प्रतिशतले बढेर ११ दशमलव ७४ प्रतिशत पुगेको छ ।
चैत्र मसान्तसम्ममा, हिमालयन बैंकको प्रतिसेयर आम्दानी ३१ दशमलव ५३ रुपैयाँ, मुल्य आम्दानीेको अनुपात ३२ दशमलव २९ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ७१ दशमलव ३७ रुपैयाँ र तरलता अनुपात २४ दशमलव ३९ प्रतिशत रहेको छ ।