Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कालिका माइक्रो क्रेडिटले ६८ प्रतिशत लाभांश दिने

२०७४ बैशाख २५ गते

कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंकले ६८ प्रतिशत लाभांश दिने भएको छ । शनिबार बसेको बैंकको सातौं साधारणसभाले ६८ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको हो । बैंकका संचालक समितिका अध्यक्ष इन्जिनियर विष्णु प्रसाद पौड्यालको सभाध्यक्षतामा भएको साधारणसभा बैंकले आर्थिक वर्ष २०७२।०७३ को वार्षिक प्रतिवेदनमाथि छलफल, लेखा परिक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७३।७४ को लागि लेखा परिक्षक नियुक्ति एवं संचालक समितिले प्रस्ताव गरे अनुसार बोनस शेयरको कर बापतको १७ लाख १० हजार ५ सय २६ रुपैयाँ नगद लाभांश वितरणको लागि स्वीकृती दिने प्रस्तावहरु माथि छलफल गरि निर्णय गरेको होे । त्यसै गरि अध्यक्ष पौड्यालबाट विशेष प्रस्तावहरु चुक्ता पुँजी पाँच करोडको ६५ प्रतिशत तीन करोड पच्चीस लाख रुपैंया बोनस शेयर स्वीकृत गरि बैंकको चुक्ता पुँजी बृद्धि गरि ८ करोड २५ लाख पुग्नेछ ।

विशेष प्रस्तावमै हाल बैंकको १० जिल्ला कार्य क्षेत्र भएकोमा त्यसका अतिरिक्त ५ जिल्ला बाग्लुङ, रोल्पा, सल्यान, सुर्खेत र डोटी कार्यक्षेत्र थप गर्ने तथा नेपाल राष्ट्र बैंकबाट “घ” बर्गका लघुवित्त बैंकहरुलाई जारी गरिएको निर्देशन बमोजिम चुक्ता पुँजीको रु. २५ लाख बराबर १ जिल्ला थप गर्न पाइने व्यवस्था बमोजिम कपिलबस्तु, गुल्मी, अर्घाखाँची, लमजुङ, मुस्ताङ, म्याग्दी, नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुली, बारा, दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुर, बाजुरा, डडेलधुरा, बैतडी, दैलेख, जाजरकोट, बझाङ, रुकुम, रोल्पा, जुम्ला, मुगु, हुम्ला गरि थप २५ जिल्लामा सेवा विस्तारको लागि प्रबन्ध पत्र नियमावली आवश्यक संशोधन गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहराले बैंकको वित्तिय विवरण पेश गर्नुका साथै हाल ३८ वटा शाखा विस्तार सहित सेवा पु¥याइरहेको बैंकले आर्थिक वर्ष २०७३।०७४को अन्तिम सम्ममा ४५ बढि शाखाहरु विस्तार गरि सेवा प्रदान गरिने  जानकारी गराए । कार्यक्रममा सञ्चालक समितिका पदाधिकारीहरु, संस्थापक शेयरधनी एवं सर्वसाधारण शेयरधनीहरु, बैंकका विभागिय प्रमुखहरु एवं ३८ वटा शाखाका शाखा प्रबन्धकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित सदस्यहरुलाई संचालक समितिका सदस्य चन्द्रबहादुर बस्नेतले स्वागत गरेका थिए भने उपस्थितहरुलाई धन्यबाद मन्तव्य संचालक अर्जुन आचार्यले राखेका थिए ।

Ad