May 7th, 2017

ग्लोबल आइएमई बैंकको १०७ औं एटीएम सेवा नयाँ बानेश्वरमा

ग्लोबल आइएमई बैंकले काठमाण्डौँको नयाँ बानेश्वरमा आफ्नो नयाँ एटिएम सेवा थप गरेको छ । नयाँ बानेश्वर क्षेत्रका ग्राहकलाई लक्षित गरि बैंकले नयाँ बानेश्वरको एटीएम लाउन्जमा आफ्नो एटिएम सेवा सञ्चालनमा ल्याएको हो । 

नयाँ एटिएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या एक सय सात पुगेको छ । सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले ९४ वटा शाखा ६ वटा एक्सटेन्सन काउण्टर, १० वटा राजश्व संकलन काउण्टर, १०७ वटा एटिएम, ४४ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना छ लाखभन्दा बढि ग्राहकमाझ बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]