चालू आर्थिक वर्षकै सुरुमा औपचारिक रुपमा कारोबार सुरु गरेको आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले ७६ लाख ६९ हजार रुपैयाँ नोक्सानीमा रहेको विवरण सार्वजनिक गरेको छ । यो अवधिमा कम्पनीले १७ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरी १७ करोड ६१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । संस्थाको संचालन ७६ लाख ६९ हजार रुपैयाँ नोक्सानमा रहेको छ । लघुवित्तले २७ लाख ९८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको जनाएको छ । कम्पनीको जोखिम युक्त सम्पत्ति २८ दशमलव ८१ प्रतिशत रहेको छ भने निष्कृय कर्जा शून्य रहेको छ ।