Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सामान्य बढ्यो यती डेभलपमेन्ट बैंकको नाफा, हेरौँ समग्र वित्तीय विवरण

२०७४ बैशाख २३ गते

यती डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २१ करोड ७१ लाख रुपैयाँ खुद मुनाफा  आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा तीन दशमलव ८२ प्रतिशत बढी नाफा कमाएको हो । ले बढी हो । बैंकले गत वर्षको सोहि अवधिमा २० करोड ९८ लाख रुपैयाँ कमाएको थियो ।

एक अर्ब ३८ करोड रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडा कोषमा २२ करोड ६२ लाख रुपैयाँ छुट्याएको छ । निक्षेपमा ३२ दशमलव ६५ प्रतिशतले वद्धि गरी १२ अर्ब ३० करोड १५ लाख रुपैयाँ संकलन गरेको बैंकले  कर्जामा १० अर्ब ४१ करोड १८ लाख रुपैयाँ लगानी गरेको छ । । बैंकको खुद व्याज आम्दानी ७६ दशमलव ०७ प्रतिशतले बढेर ३६ करोड ८१ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १० करोड ७९ लाख रुपैयाँ पुगेको छ । 

यो अवधिमा २१ करोड १० लाख रुपैयाँ खराबकर्जा उठाएको बैंकले प्रोभिजनमा १७ करोड १४ लाख रुपैयाँ राखेको छ । बैंकको पुँजीकोष एक दशमलव ६२ प्रतिशतले बढेर १२ दशमलव ७६ प्रतिशत पुगेको छ भने निष्कृय कर्जा दुई दशमलव ९१ प्रतिशतले घटेर तीन दशमलव ८३ प्रतिशत कायम भएको छ । बैंकको प्रतिसेयर आम्दानी २० दशमलव ८९ रुपैयाँ (वार्षिक), मुल्य आम्दानीको अनुापत १० दशमलव ४९ गुणा, प्रतिसेयर नेटवर्थ एक सय १६ दशमलव ३२ रुपैयाँ र तरलता अनुपात २४ दशमल ७८ प्रतिशत रहेको छ ।

Ad