भिबोर सोसाइटी विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा २२ करोड छ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक सय ५० प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा भिबोर सोसाइटीले आठ करोड ८६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
एक अर्ब ८१ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा २४ करोड दुई लाख रुपैयाँ राखेको छ । निक्षेपमा एक सय ५३ दशमलव ४३ प्रतिशतले वृद्धि गरी १५ अर्ब छ करोड ४० लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा १३ अर्ब ५६ करोड ८७ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी दुई सय ८६ दशमलव ०६ प्रतिशतले बढेर ४७ करोड १९ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा तीन सय ८६ दशमलव ९५ प्रतिशतले बढेर २२ करोड ४४ लाख रुपैयाँ पुगेको छ ।
निष्कृय कर्जा एक दशमलव ७५ प्रतिशत र पुँजीकोषको अनुपात १३ दशमलव ८६ प्रतिशत रहेको बैंकले प्रोभिजनमा तीन करोड २५ लाख रुपैयाँ राखेको छ । चैत्र मसान्तसम्मा भिबोर सोसाइटीको प्रतिसेयर आम्दानी वार्षिक १६ दशमलव २१ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १० दशमलव ३६ गुणा, प्रतिसेयर नेटवर्थ एक सय १३ दशमलव २४ रुपैयाँ र तरलता अनुपात २२ दशमलव ६१ प्रतिशत रहेको छ ।