नेपाल एसबिआई बैंक लिमिटेडले चालू आर्थिक वर्षकोको तेस्रो त्रैमासमा एक अर्ब १० करोड ७७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६ दशमलव २१ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल एसबिआई बैंकले ९५ करोड तीन लाख रुपैयाँ खुद मुनाफा आर्जन थियो ।
चार अर्ब ९७ करोड ९८ लाख रुपैयाँ चुक्तापुँजी रहेको बैंकले जगेडाकोषमा तीन अर्ब ११ करोड रुपैयाँ राखेको छ । निक्षेपमा ३४ दशमलव ९२ प्रतिशतले वृद्धि गरी ८५ अर्ब ४६ करोड ७३ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा ६१ अर्ब ७१ करोड ५२ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी २६ दशमलव २२ प्रतिशतले बढेर दुई अर्ब १९ करोड रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २२ दशमलव २० प्रतिशतले बढेर एक अर्ब ७५ करोड पाँच लाख रुपैयाँ पुगेको छ ।
यो अवधिमा दुई करोड ३६ लाख रुपैयाँ खराबकर्जा उठाएको बैंकले १८ करोड १० लाख रुपैयाँ प्रोभिजनमा राखेको छ । बैंकको निष्कृय कर्जा शुन्य दशमलब ०२ प्रतिशतले घटेर शुन्य दशमलव १२ प्रतिशत कायम भएको छ भने पुँजीकोष शुन्य दशमलव ८७ प्रतिशतले घटेर १२ दशमलव ८८ प्रतिशत कायम भएको छ । चैत्र मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी वार्षिक २९ दशमलव ५७ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ४९ दशमलव ०४ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ६२ दशमलव ४७ रुपैयाँ र तरलता अनुपात ३३ दशमलव ८० प्रतिशत रहेको छ ।