महालक्ष्मी विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा २२ करोड चार लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चार सय ६४ दशमलव १० प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा महालक्ष्मीले तीन करोड ९८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
एक अर्ब १५ करोड ६२ लाख रुपैयाँ चुक्ता पुँजी भएको महालक्ष्मी बैंकले जगेडाकोषमा ६७ करोड ७६ लाख रुपैयाँ राखेको छ । निक्षेपमा तीन सय २३ दशमलव ९९ प्रतिशतले वृद्धि गरी ११ अर्ब ९१ करोड तीन लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा नौ अर्ब ८५ करोड ६१ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी चार सय १२ दशमलव ७४ प्रतिशतले बढेर ५२ करोड ३८ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा सात सय ६९ दशमलव २३ प्रतिशतले बढेर ३३ करोड ९७ लाख रुपैयाँ पुगेको छ ।
बैंकको निष्कृय कर्जा चार दशमलव ६९ प्रतिशत, जोखिमयुक्त सम्पत्ति १६ दशमलव १४ प्रतिशत, प्रतिसेयर आम्दानी २५ दशमलव ४२ रुपैयाँ, मुल्य आम्दानीको अनुपात आठ दशमलव ९७ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ५८ दशमलव ६१ रुपैयाँ र तरलता अनुपात ३३ दशमलव ७८ प्रतिशत रहेको छ ।