Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिन्धु विकास बैंकको खुद मुनाफा ७५ प्रतिशतले बढ्यो

२०७४ बैशाख १९ गते

सिन्धु विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा दुई करोड ५५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७५ दशमलव ७७ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा सिन्धुले एक करोड ४५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

२६ करोड २१ लाख रुपैयाँ चुक्तापुँजी भएको सिन्धु विकास बैंकले जगेडाकोषमा पाँच करोड ८२ लाख रुपैयाँ राखेको छ । निक्षेपमा २८ दशमलव ६८ प्रतिशतले वृद्धि गरी एक अर्ब ५० करोड ३५ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जातर्फ एक अर्ब ३५ करोड ५० लाख रुपैयाँ लगानी गरेको छ । यो अवधिमा बैंकको खुद व्याज आम्दानी ७२ दशमलव ७९ प्रतिशतले बढेर सात करोड ३९ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ७५ दशमलव ७७ प्रतिशतले बढेर चार करोड एक लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा ६४ लाख रुपैयाँ राखेको छ ।

चैत्र मसान्तसम्ममा सिन्धु विकास बैंकको जोखिमयुक्त सम्पत्ति २१ दशमलव ४९ प्रतिशत रहेको छ भने निष्कृय कर्जा एक दशमलव ०५ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी वार्षिक १३ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ३१ दशमलव ५३ गुणा, प्रतिसेयर नेटवर्थ एक सय २२ दशमलव २३ रुपैयाँ र तरलता अनुपात २६ दशमलव ७५ प्रतिशत रहेको छ ।

Ad