Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कञ्चन डेभलपमेन्ट बैंकको दुई शाखा विस्तार

२०७४ बैशाख १८ गते

कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडले घोडाघोडी नगरपालिका वडा. नं. ६ सूख्खड बजारमा १०औं र दोदोधरा गाविस वडा नं. ७, बौनियाँ बजारमा ११औं शाखा आइतबारदेखि संचालनमा ल्याएको छ । प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले रिबन काटेर उक्त शाखाहरुको समुद्घघाटन गरे ।

प्रधान कार्यालय कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका वडा न. ४, महेन्द्रनगर बजारमा रहेको यस बैंकका हालसम्म कञ्चनपुरमा ६ शाखा, एक एक्सटेन्सन काउण्टर, कैलालीमा नयाँसहित ४ शाखा र डडेल्धुरामा १ गरि कुल शाखा संख्या ११ शाखा र १ एक्सटेन्सन काउण्टर पुगेको छ । साथमा यसै महिना कैलालीको टिकापुर र लम्की बजारमा शाखा खोल्ने लक्ष्य लिई सोहीअनुसार शाखा निर्माण कार्य भई रहेको बताइएको छ । 

कञ्चन डेभलपमेन्ट बैंक नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त क्षेत्रिय स्तरको विकास बैंक हो । यस बिकास बैंकले कञ्चनपुर, कैलाली र डडेल्धुरा जिल्लालाई कार्यक्षेत्र बनाई मिति २०६६ साल देखि कार्य गर्दै आइरहेको छ ।

बर्तमान बजारको अवस्थालाई मध्यनजर गरि यस क्षेत्रका ग्राहकहरुले अन्य बैंकले दिई रहेको व्याजभन्दा आकर्षक व्याज पाउन् भन्ने उदेश्यले यस बैंकले मिति २०७३/१२/३१ देखि लागु हुने गरि बचत खातामा ६.५ देखि ८.५ प्रतिशत  र मुद्दति खातामा न्युनतम १२ प्रतिशत व्याज दर कायम गरेको छ ।

नेपाल राष्ट्र बैंकको नीतिअनुरुप यस बैंकले मर्जरमा नगई आफैँ आफ्नो पुँजी ५० करोड पुर्याउँदैछ । हाल यो बैंकको चुक्तापुँजी ३४ करोड ६५ लाख रुपैयाँ रहेको छ । ०७४ असार मसान्तभित्र १० करोड ३९ लाख ५० हजार बराबरको हकप्रद सेयर निष्काशन गरेर बैंकले ५० करोड रुपैयाँ पुँजी पुर्याउँदैछ ।

Ad