Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकिङ एक्स्पो सुरु हुँदै

admin २०७४ बैशाख १५ गते
सेयर:

आजदेखि काठमाडौँको भृकुटीमण्डपमा बैंकिङ एक्स्पो २०१७ सुरु हुँदै छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालद्धारा विहान ११ बजे कार्यक्रमको उद्घाटन गरिने भएको छ । मिडिया इन्टरनेशनलको आयोजनामा नेपाल राष्ट्र बैंक, बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकर्स एशोसियसन लगायतको सहभागितामा हुने कार्यक्रमको उद्ुघाटन नेपाल राष्ट्र बैंकका हुन लागेको कार्यक्रममा विभिन्न बैंकवित्त कम्पनीहरुले सूचनामूलक स्टल संचालनमा ल्याउने छन् । 

३ दिनसम्म सञ्चालन हुने उक्त एक्स्पोमा सेयरबजार र बैंकबारे विभिन्न जानकारी गराइने कार्यक्रम रहेको छ । एक्स्पो विहान १० बजेदेखि साँझ ५ बजेसम्म खुला रहनेछ । सेयर बजारबारे जान्न चाहने र सेयरमा लगानी गर्न चाहानेका लागि कार्यक्रम थप उपयोगी हुने बताइएको छ । साथै युवा स्वरोजगार कोष, नागरिक लगानी कोष, नेपाल राष्ट्र बैंकलेसमेत सूचनामूलक स्टलहरु राख्ने कार्यक्रम संयोजक माधव निर्दोषले जानकारी दिएका छन् ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।