सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ८८ करोड २८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दशमलव ८१ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा सिटिजन्सले ७२ करोड ४७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
यो अवधिमा बैंकले ५५ अर्ब ५६ करोड आठ लाख रुपैयाँ निक्षेप संकलन गरी ४७ अर्ब ८० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यस्तै, बैंकको सञ्चालन मुनाफा ८८ करोड ७१ लाख ५० हजार रुपैयाँ पुगेको छ भने खुद व्याज आम्दानी एक अर्ब २५ करोड ४८ लाख १८ हजार रुपैयाँ पुगेको छ ।
तेस्रो त्रैमाससम्ममा सिटिजन्सले ८२ करोड ९४ लाख रुपैयाँ खराब कर्जा उठाएको छ । बैंकले गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा तीन गुणा बढी खराबकर्जा उठाएको हो । तेस्रो त्रैमाससम्ममा बैंकको निष्कृय कर्जा एक दशमलव ५५ प्रतिशतमा झरेको छ । सम्भावित जोखीम बापतको व्यवस्थामा बैंकले १३ करोड १९ लाख रुपैयाँ छुट्याएको छ । बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ३४ पैसा, मूल्य आम्दानी अनुपात २० दशमलव ७०, प्रतिसेयर नेटवर्थ एक सय ४५ रुपैयाँ ४२ पैसा र तरलता अनुपात २५ दशमलव ५५ प्रतिशत रहेको छ ।