गोर्खाज फाइनान्सले काभ्रेको जनागल पुल बजारमा आफ्नो १० औं शाखा संचालनमा ल्याएको छ । सोमबार काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उधोग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुरकृष्ण बैद्यज्यूले उक्त शाखा कार्यालयको औपचारीक उद्घाटन गरे ।
हाल फाइनान्सको निक्षेप संकलन ३ अरब ४१ करोड रुपैयाँ, कर्जा प्रवाह ३ अरब ११ करोड तथा चुक्ता पूंजी ५७ करोड ८६ लाख रहेकोमा २ बराबर १ अनुपातको हकप्रद शेयर निष्काशनको प्रकृयामा संचालक लगायत आधारभुत शेयरधनीहरुबाट रकम संकलन कार्य गरीरहेको र उक्त हकप्रद शेयर जारी पश्चात फाइनान्सको चुक्ता पूंजी रु.८६ करोड ७९ लाख पुग्ने फाइनान्स जनाएको छ ।