दुर्गम जिल्ला जुम्लाबाट पाँच सय किलोवाट विद्युत् थपिने भएको छ । जुम्ला जिल्लामा वायु ऊर्जाको परीक्षण उत्पादन गर्ने तयारी भइरहेको छ । केही महिनाभित्रमा नै सम्पन्न गर्ने गरी माथिल्लो निकायसँग सम्बन्धित सबै प्रक्रिया पूरा भइसकेको र आवश्यक कागजात मिलाउने प्रक्रिया चलिरहेको बताइएको छ । यसपछि बोलपत्र आह्वान, निर्माण कम्पनी छनोटलगायतमा काम अघि बढाइने बताइएको छ । यस परियोजनाको निर्माण गर्ने जिम्मा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले पाएको छ । उक्त आयोजनाको उत्पादन गृह जुम्लाको तातोपानीको डाँगीबाडामा रहनेछ । त्यसबाट उत्पादित बिजुली तातोपानी, कुडारी लगायत गाउँपालिकामा विद्युतीकरण गर्ने योजना बताइएको छ ।
