नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहलाई सञ्चालक पदमा नियुक्त गरेको छ । कम्पनीको ९९ औं सञ्चालक समितिको बैंठकले वाणिज्य बैंक समुहमा शाहलाई सञ्चालक पदमा नियुक्त गरेको हो । शाह हाल नेपाल बैंकर संघका अध्यक्ष समेत रहेका छन् ।
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट एक जना, वाणिज्य बैंकका तर्फबाट तीन जना तथा विकास बैंक, फाइनान्स कम्पनी र स्मार्ट च्वाइस टेक्नोलोजिजबाट क्रमशः एक÷एक जना गरि जम्मा सात जनाको प्रतिनिधि रहने व्यवस्था रहेको छ ।



