एनआईसी एसिया बैंक लिमिटेडले नेपाल बाल संगठनमा आश्रित बालबालिकाहरुका लागि आगामी वर्ष पनि पोषिलो खाद्य पदार्थ उपलब्ध गराउने भएको छ । विगतका वर्षहरुदेखि नै बाल मन्दिरलाई मासिक रुपमा दिउँसोको खाजाको रुपमा प्रयोग हुने पोषिलो खाद्य पदार्थ उपलब्ध गराउँदै आईरहेको बैंकले आगामी वर्ष पनि सोही सहयोगलाई निरन्तरता दिने भएको हो । बैंकले आफ्नो देश भरी फैलिएको ८९ वटा शाखा कार्यालयहरु मार्फत देशका विभिन्न स्थानहरुमा सामाजिक कार्यहरुमा सहयोग गरिँदै आएको जनाएको छ ।