टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तारको क्रममा नवलपरासीको रजहर, रुपन्देहीको बुटवल र बाँकेको कोहलपुरबाट शाखाहरुको औपचारीक उद्घाटन गरेको छ । बैंकले चैत ७ गते रजहर र बुटवल तथा चैत ८ गते कोहलपुर शाखाको समुद्घाटन समारोहको आयोजना गरि उद्घाटन गरेको हो ।
रजहर शाखाको समुद्घाटन देबचुली उद्योग बाणिज्य संघ देबचुलीका अध्यक्ष धर्मराज बस्याल र बैंकका अध्यक्ष प्रा.डा पुष्पराज कंडेलले संयुक्त रुपमा रिबन काटेर गरेका थिए ।
बुटवल शाखाको समुद्घाटन उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य शंकर श्रेष्ठ र बैंकका अध्यक्ष प्रा.डा पुष्पराज कंडेलले संयुक्त रुपमा रिबन काटेर गरेका थिए ।
कोहलपुर शाखाको समुद्घाटन प्रमुख जिल्ला अधिकारी रविलाल पन्त, नेपाल राष्ट्र बैंक, क्षेत्रीय कार्यालय, नेपालगंजका निर्देशक गुरु प्रसाद पौडेल र बैंकका अध्यक्ष प्रा.डा पुष्पराज कंडेलले संयुक्त रुपमा रिबन काटेर गरेका थिए ।