Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मिर्मिरे माइक्रोफाइनान्सले विस्तार गर्यो थप तीन शाखा

२०७३ फाल्गुन ३० गते

काभ्रे जिल्लाको बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडले गत साता तीन वटा शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको छ । बैंकले फागुन २५ गते चितवनको पर्साधापमा, २६ गते चितवनकै बरुवाबजारमा र २९ गते मकवानपूरको शिखर कटेरीमा नयाँ शाखा विस्तार गरेको हो । तीनवटै शाखाको उद्घाटन सञ्चालक समितिका अध्यक्ष टेकबहादुर बोहराद्धारा गरिएको बैंकले जनाएको छ । 

यससँगै मिर्मिरे माइक्रोफाइनान्सको शाखा संख्या ३३ पुगेको छ । १५ जिल्ला कार्यक्षेत्र भएको माइक्रोफाइनान्सले आफ्नो कार्यक्षेत्रका सबै जिल्लामा शाखा विस्तार गरिएको बताएको छ । 

लघुवित्तीय सेवाको माध्ययमबाट निरपेक्ष गरिवीको रेखामुनी रहेको विपन्न वर्गमा स्वरोजगारको अवसर सिर्जना गरि महिला सशक्तिकरण तथा आयस्तरमा बृद्धि गराउने उद्धेश्यले २०६७ सालमा मिर्मिरे माइक्रोफाइनान्सको स्थापना गरिएको थियो ।