भारतीय रिजर्भ बैंक (आरबीआई)को मुद्रा व्यवस्थापन विभाग र नियमन विभागका अधिकारीहरूसहितको पाँच सदस्यीय टोलीले नेली बैंकरहरुसँग बुधबार भेटवार्ता गर्ने भएको छ । प्रतिबन्धित ५ सय र हजार भारू नोट सटहीबारे बुझ्न मङ्गलवार नेपाल आएको भारतीय टोलीले नेपाल बैंकर संघका पदाधिकारीहरूसँग भेटवार्ता गर्न लागेको हो । उक्त टोलीले भारतीय मुद्रा सटहीको समस्याबारे अध्ययन गर्ने र उनीहरुले तयार गरेको अध्ययन प्रतिवेदनका आधारमा मुद्रा सटहीको विषयमा निर्णय लिइने बताइएको छ ।
भारतीय टोलीले नेपालमा भारु नोट सटहीका लागि अध्ययन गर्ने क्रममा केही दिन सम्बद्ध विभिन्न क्षेत्रका पदाधिकारीसँग छलफल गर्ने कार्यक्रम रहेको छ । जसअनुसार, मंगलबार नेपाल राष्ट्र बैंकको वैदेशिक मुद्रा विभाग प्रमुख तथा कार्यकारी निर्देशक भीष्मराज ढुङ्गानासँग भेटघाट गरेको बताइएको छ । ढुंगाना भारतीय नोट सटहीका लागि राष्ट्र बैंकले गठन गरेको समितिमा समेत रहेका ढुङ्गानासँग भारतीय छन् । उनीसँग टोलीले नेपालमा बैंक तथा वित्तीय संस्थाले ग्राहकको पहिचान र सम्पत्ति शुद्धीकरणमा अपनाएको प्रणालीबारे चासो राखेको बताइएको छ ।
