Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

२५ करोडको ट्रेजरी बिल सोमबार

२०७३ फाल्गुन ८ गते

नेपाल राष्ट्र बैंकले २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिने अवधिको ट्रेजरी बिल जारी गर्न लागेको हो । सोमबार अपरान्ह ३ बजेसम्म प्राप्त बोलपत्रको आधारमा मंगलबार जारी गरिने ट्रेजरी बिल आगामी जेठ ९ गते परिपक्व हुने बताइएको छ । 

राष्ट्र बैंकले यसअघि गत सोमबार ७७ करोड रुपैयाँको ट्रेजरी बिल जारी गरेको थियो । जसमा चार अर्ब ३४ करोड रुपैयाँ बराबरको बोल परेको थियो । उक्त ट्रेजरी बिल आगामी जेठ २ गते परिपक्व हुनेछ ।