एक्सेल डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद मुनाफा ७ करोड ३८ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षमा दोस्रो त्रैमासमा बैंकले ४ करोड रुपैयाँ मूनाफा कमाएको थियो । गत बर्षको तुलनामा यस बर्ष बैंकले ८४ दशमलव ३८ प्रतिशतले वृद्धि गरी उक्त रकम नाफा कमाएको हो । ३० करोड ७६ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा १९ करोड २ लाख रुपैयाँ राखेको छ । निक्षेपमा २७ दशमलव ७७ प्रतिशत वृद्धि गरी ४ अर्ब रुपैयाँ संकलन गरेर कर्जामा ३ अर्ब ५९ करोड ३१ लाख रुपैयाँ लगानी गरेको छ । खुद व्याज आम्दानीमा ७३ दशमलव ०२ प्रतिशत बढेर १४ करोड ८६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै संचालन मुनाफामा ८१ दशमलव ५४ प्रतिशतले बढेर १० करोड २८ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा २ करोड ८ लाख रुपैयाँ राखेको छ भने १ करोड रुपैयाँ खराब कर्जा उठाएको छ ।