Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

सामाजिक सञ्जालमार्फत अपराध गर्ने बढे, छ महिनामा ५६० साइबर क्राइम

admin २०७३ माघ २४ गते
सेयर:

महानगरीय प्रहरी अपराध महाशाखामा चालु आर्थिक वर्षको ६ महिनामा साइबर अपराधसम्बन्धी ५६० उजुरी दर्ता भएका छन् । पछिल्लो समय फेसबुक, ट्वीटर, भाइबर, अनलाइनलगायतका सामाजिक सञ्जालमार्फत अपराध गर्नेको सङ्ख्या बढेको महाशाखाले जनाएको छ ।

महाशाखाका प्रहरी नायब उपरीक्षक पशुपति रायले प्रविधिको विकाससँगै साइबर अपराधको घटनामा वृद्धि आएको बताए । उनले भने, “गत आवमा ८३० उजुरी महाशाखामा परेपनि यो चालु आवको ६ महिनामा नै ५६० उजुरी दर्ता भएको छ ।”

महाशाखामा उजुरी दर्ता भएमध्ये ११ घटनाको मुद्दा चलाएको रायले जानकारी दिए । त्यसमध्ये सामाजिक सञ्जालमार्फत अपराध गर्ने ११, एटिएममार्फत ठगी गर्ने एक र अनलाइन चिठ्ठा पर्यो भनी ठगी गर्ने एक घटना रहेका छन् । महाशाखाले गत आवमा १७ घटनाको मुद्दा चलाएको थियो । रासस
 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।