नेपाल राष्ट्र बैंकले विहीबार २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । राष्ट्र बैंकअन्तर्गत राष्ट्र ऋण व्यवस्थापन विभागले एक हप्ताका लागि बैंकिङ प्रणालीमा २० अर्ब रुपैयाँ बराबरको तरलता रिपोमार्फत पठाउन लागेको हो । क, ख र ग वर्गका बैंकले अनलाइनमार्फत बोलकबोल गरी रिपो विक्री गर्न सक्ने बताइएको छ ।
