Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

ब्रोकर कम्पनी अब ४ श्रेणीमा, सेबोनले ल्यायो नयाँ नीति

२०८३ आश्विन १३ गते

बैंकिङ खबर / नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ब्रोकर कम्पनीको सेवा र संस्थागत क्षमता विस्तार गर्ने उद्देश्यले ‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति, २०८३’ सार्वजनिक गरेको छ ।

नीतिअनुसार ब्रोकर कम्पनीलाई पुँजी, जोखिम वहन क्षमता र सेवाका आधारमा ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार श्रेणीमा वर्गीकरण गरिनेछ । ‘क’ मा धितोपत्र व्यापारी, ‘ख’ मा पूर्ण सेवा धितोपत्र दलाल, ‘ग’ मा कारोबारमुखी दलाल र ‘घ’ मा विशिष्टीकृत दलाल रहनेछन् ।

ब्रोकरले मार्जिन कारोबार, धितोपत्र सापटी, उधारो तथा बजार निर्माता जस्ता थप सेवा सञ्चालन गर्न अलग स्वीकृति र आवश्यक पुँजी, प्रविधि तथा जोखिम व्यवस्थापन क्षमता पूरा गर्नुपर्नेछ ।

नीतिले ग्राहकको रकम र धितोपत्र छुट्टै राख्ने, साइबर सुरक्षा मजबुत बनाउने, कारोबार अभिलेख सुरक्षित गर्ने तथा सेवा अवरुद्ध भए पुनःसञ्चालनको व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ । साथै, स्वैच्छिक मर्जर तथा प्राप्तिलाई प्रोत्साहन गर्दै विद्यमान ब्रोकरलाई नयाँ मापदण्डमा जान संक्रमणकालीन अवधि दिने व्यवस्था गरिएको छ ।