Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

४० अर्बको ऋणपत्र खरिद गर्दै राष्ट्र बैंक, २ बजेभित्रै बुझाउनुस् शिलबन्दी बोलकबोल फारम

admin २०७३ माघ ४ गते
सेयर:

नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ बराबरको ऋणपत्र खरिद गर्ने भएको छ । सोझै बोलकबोलका आधारमा राष्ट्र बैंकअन्तर्गत राष्ट्र ऋण व्यवस्थापन विभागले आज(मंगलबार) सो ऋणपत्र विक्री गर्न लागेको हो । दिउसो २ बजेसम्म बोलकबोल गरेर आजै निष्काशन गर्ने र व्याजदर बोलकबोलद्धारा नै निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ । शिलबन्दी बोलकबोल फारम र विक्री गर्न चाहेको ऋणपत्र दिउसो २ बजेभित्र विभागमा पेश गरिसक्न आह्वान गरिएको छ ।  

काउण्टरपार्टीले नेपाल राष्ट्र बैंक ऋणपत्रको कति रकम विक्री गर्न चाहेको हो भन्ने परिमाण र व्याजरदर समेत उल्लेख गर्नुपर्नेछ । काउण्टरपार्टीले विmत्री गर्न चाहेको नेपाल राष्ट्र बैंक ऋणपत्रको परिमाण बहुव्याजदरमा राष्ट्र बैंकले खरिद गर्न सक्ने बताइएको छ । यससम्बन्धी निर्णय वा बाँडफाँट तरलताको स्थिती तथा अल्पकालीन व्याजदर लगायतका परिसूचकको आधारमा खुला बजार कारोबार समितिले गर्ने पनि प्रष्ट पारिएको छ । 

विस्तृत जानकारीका लागि राष्ट्र ऋण व्यवस्थापन विभागको फोन नम्बर ०१ ४१०१७३९ वा ०१ ४१०१७०८ मा सम्पर्क गर्न सकिनेछ । 
 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।