Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नबिल बैंकले ल्यायो शून्य प्रतिशत ब्याजमा आईफोन किन्न सकिने योजना

२०८३ भाद्र १६ गते

बैंकिङ खबर / नबिल बैंकले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताका लागि शून्य प्रतिशत ब्याजदरमा आईफोन खरिद गर्न सकिने ‘बाइ नाउ, पे लेटर’ योजना सार्वजनिक गरेको छ ।

बैंकका अनुसार ग्राहकले ‘एनबैंक मार्केटप्लेस’ मार्फत अनलाइन आवेदन दिएर आफूले चाहेको आईफोन किस्ताबन्दीमा खरिद गर्न सक्नेछन्। यस योजनाअन्तर्गत नबिल क्रेडिट कार्ड प्रयोग गरी अतिरिक्त ब्याजबिना किस्तामा भुक्तानी गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ।योजना लिन इच्छुक ग्राहकले एनबैंक एपमा लगइन गरी ‘एनबैंक मार्केटप्लेस’ भित्र रहेको ‘बाइ नाउ, पे लेटर’ विकल्प चयन गर्नुपर्नेछ ।

त्यसपछि ग्राहकले आफ्नो मोबाइल नम्बर र खाता नम्बर प्रमाणीकरण गरी ओटीपी प्रविष्ट गर्नुपर्नेछ। ओटीपी प्रमाणीकरणपछि नबिल क्रेडिट कार्ड छनोट गरी आफूले आईफोन खरिद गर्न चाहेको बिक्री केन्द्र र आईफोनको मोडल चयन गर्नुपर्नेछ।आवश्यक विवरण भरेपछि पिन प्रविष्ट गरी आवेदन पुष्टि गर्न सकिने बैंकले जनाएको छ। यसरी आवेदन प्रक्रिया पूरा गरेपछि ग्राहकले तोकिएको प्रक्रियाअनुसार आफूले रोजेको आईफोन किस्ताबन्दीमा खरिद गर्न सक्नेछन् ।

नबिल बैंकले आफ्ना कार्ड प्रयोगकर्तालाई सहज र सुविधाजनक रूपमा डिजिटल माध्यमबाट विभिन्न सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो योजना ल्याएको जनाएको छ ।