Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

आरएसडीसी लघुवित्तद्वारा बाढीपीडितको राहतका लागि ५ लाख सहयोग

२०८३ भाद्र १५ गते

बैंकिङ खबर / भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि एक वित्तीय संस्थाले ५ लाख रुपैयाँ सहयोग गरेको छ ।

रसुवालगायत आसपासका जिल्लामा बाढीका कारण ठूलो जनधनको क्षति भएपछि संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ प्रदान गरेको हो ।संस्थाले प्राकृतिक विपत्तिमा ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना जनाएको छ । साथै, बाढीका कारण सम्पर्कविहीन भएका सर्वसाधारण तथा पीडित परिवारको दुःखप्रति सहानुभूति व्यक्त गरेको छ ।

संकटको समयमा राहत तथा उद्धारका लागि नेपाल सरकार तथा विभिन्न संघ–संस्थाले अघि सारेका पहलप्रति ऐक्यबद्धता जनाउँदै संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको जनाएको छ ।