बैंकिङ खबर / हिमालयन बैंक लिमिटेडले रसुवामा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ३ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो । भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा गेग्रानसहित आएको अचानकको बाढीका कारण भोटेकोशी तथा त्रिशूली नदी किनारका बस्तीहरू प्रभावित भएका छन् ।
बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बैंकले विपत्तिको यस घडीमा प्रभावित समुदायसँग ऐक्यबद्धता जनाएको छ ।बैंकले प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा आवश्यक सहयोग गर्न आफू सम्बद्ध सबै पक्षलाई समेत आग्रह गरेको छ । साथै, संकटको समयमा प्रभावित समुदायलाई सक्दो सहयोग उपलब्ध गराउन बैंक प्रतिबद्ध रहेको जनाएको छ ।