Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

रसुवा बाढीको असर : ग्लोबल आइएमई बैंकका सात शाखा बन्द

२०८३ भाद्र ११ गते

बैंकिङ खबर / रसुवामा आएको भीषण बाढीका कारण ग्लोबल आइएमई बैंकका सातवटा शाखा बन्द भएका छन्। भोटेकोशी नदीमा आएको बाढीले रसुवाका विभिन्न क्षेत्रमा बैंकका शाखा तथा भौतिक संरचनामा क्षति पुर्‍याएपछि सेवा प्रभावित भएको हो ।

बाढीका कारण टिमुरे, स्याफ्रुबेँसीलगायत प्रभावित क्षेत्रमा रहेका बैंक शाखाहरूमा क्षति पुगेको छ। बाढीका कारण सञ्चार तथा विद्युत् सेवा समेत प्रभावित हुँदा बैंकले शाखा तथा कर्मचारीको अवस्थाबारे तत्काल पूर्ण विवरण संकलन गर्न कठिनाइ भएको छ ।

नेपाल बैंकर्स संघका अनुसार रसुवाको बाढीबाट ग्लोबल आइएमईसहित नौ वाणिज्य बैंकका शाखा प्रभावित भएका छन्। प्रभावित शाखामध्ये केही पूर्ण रूपमा क्षतिग्रस्त वा बाढीले बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

बैंकिङ सेवा नियमित रूपमा सञ्चालन गर्न सकिने अवस्था बनेपछि वैकल्पिक माध्यमबाट सेवा उपलब्ध गराउने तथा क्षतिको विस्तृत मूल्यांकन गर्ने तयारी भइरहेको छ ।