बैंकिङ खबर / नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घ रावलले पदभार ग्रहण गरेका छन्। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले रावललाई पद तथा गोपनीयताको शपथ गराएपछि उनले औपचारिक रूपमा कार्यभार सम्हालेका हुन्।
सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त गरेपछि रावलले जिम्मेवारी सम्हालेका हुन्। डेपुटी गभर्नरका रूपमा उनले मौद्रिक तथा बैंकिङ नीति कार्यान्वयन, बैंक तथा वित्तीय संस्थाको नियमन तथा सुपरिवेक्षण र वित्तीय स्थायित्व कायम गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन्। बैंकिङ क्षेत्रमा कर्जा विस्तारमा देखिएको सुस्तता, खराब कर्जाको दबाब, वित्तीय जोखिम तथा डिजिटल बैंकिङसँगै बढिरहेको साइबर जोखिमका बीच रावलको जिम्मेवारी महत्वपूर्ण हुने देखिएको छ। रावलको पदभार ग्रहणसँगै राष्ट्र बैंकको नेतृत्व तहमा नयाँ जिम्मेवारी बाँडफाँट र कार्यसम्पादन अघि बढ्नेछ ।


