
बैंकिङ खबर / कामना सेवा विकास बैंकले आफ्ना ग्राहकलाई नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’मा सहज रूपमा सहभागी गराउन मोबाइल बैंकिङमार्फत डिजिटल भुक्तानी सुविधा उपलब्ध गराएको छ ।
बैंकको मोबाइल बैंकिङ एपमार्फत Merchant QR भुक्तानी गर्दा योग्य कारोबार स्वतः लक्की ड्रमा समावेश हुने व्यवस्था गरिएको बैंकले जनाएको छ। यसका लागि ग्राहकले छुट्टै कारोबार दर्ता वा अपलोड गर्नुपर्ने छैन ।
ग्राहकले मोबाइल बैंकिङ एपबाट आफूले गरेका योग्य कारोबारको संख्या तथा विवरणसमेत हेर्न सक्नेछन् । आन्तरिक राजस्व विभागले कार्यक्रमअन्तर्गत प्रत्येक दिन एक जना विजेतालाई कर कट्टीपश्चात् रु.१ लाख तथा प्रत्येक १५ दिनमा एक जना बम्पर विजेतालाई रु.१० लाख पुरस्कार प्रदान गर्ने व्यवस्था गरेको छ ।
बैंकले ग्राहकलाई रु.१०० भन्दा बढीको खरिदमा डिजिटल भुक्तानी गर्न, PAN/VAT बिल लिन तथा सुरक्षित राख्न र आफ्ना योग्य कारोबार नियमित रूपमा जाँच गर्न आग्रह गरेको छ ।


