Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

आगामी सोमबार तीन अर्बको ट्रेजरी बिल

admin २०७३ पुष २८ गते
सेयर:

नेपाल राष्ट्र बैंकले तीन अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । राष्ट्र बैंकले आगामी सोमबार अर्थात माघ ३ गते ९१ दिने अवधिको ट्रेजरी बिल विक्री गर्न लागेको हो । अनलाइन बोलकबोलका आधारमा विक्री गरिने उक्त ट्रेजरी बिल आगामी बैशाख ५ गते परिपक्व हुनेछ । 

राष्ट्र बैंकले गत सोमबार पनि ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो । उक्त ट्रेजरी बिलमा तीन अर्ब तीन करोड रुपैयाँ बराबरको आवेदन परेको थियो । ९१ दिने अवधिको उक्त ट्रेजरी बिल आगामी चैत २९ गते परिपक्व हुनेछ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।