बैंकिङ खबर / एनआइसी एसिया बैंकले आफ्नो जलविद्युत क्षेत्रमा लगानी बढाएको छ। आफ्नो लगानी पोर्टफोलियो विविधिकरण गर्ने क्रममा उक्त बैंकले रसुवा हाइड्रोपावर लिमिटेडसंगको सहकार्यमा नौकुण्ड गाउँपालिकास्थित, रसुवा जिल्लामा रहेको ७.२९ मेगावाट जलविद्युत उत्पादन क्षमता भएको फलाखु खोला जलविद्युत आयोजनामा ९५ करोड २० लाख लगानी गर्ने भएको छ । दुइपक्षियबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।
नेपाल सरकारको स्वच्छ ऊर्जा उत्पादन लक्ष्यलाई सहयोग पुऱ्याउँदै दिगो ऊर्जा विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको यस जलविद्युत आयोजना दुई वर्षमा सम्पन्न गर्दै वार्षिक करिब ३८।७४ जिडब्ल्युएच विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ।
समझदारी पत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र रसुवा हाइड्रोपावर लिमिटेडका तर्फबाट अध्यक्ष दीपक थापाले हस्ताक्षर गरेका छन् । बैंकको नेतृत्वमा लगानी सुनिश्चित भएको यस जलविद्युत आयोजना निर्माण सम्पन्न पश्चात मुलुकमा स्वच्छ ऊर्जा उत्पादन भई मुलुकको आर्थिक वृद्धि र स्वच्छ वातावरणीय पक्षमा समेत विशेष टेवा पुग्ने उक्त बैंकले विश्वास लिएको छ।


