
बैंकिङ खबर / बेष्ट फाइनान्स कम्पनी लिमिटेड पोखरा शाखाले ग्लोवल मनी त्रीक कार्यक्रम सम्पन्न गरेको छ। न्युरोड युवा क्लबसंगको सहकार्यमा वित्तिय सचेतना सम्बन्धी कार्यक्रम सफलतापुर्वक सम्पन्न गरेको हो। उक्त कार्यक्रममा न्युरोड युवा क्लबका युवाहरु लगायत अन्य ब्यक्तिहरुको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा बचतको महत्व, जिम्मेवार वित्तीय व्यवहार, बैंकिङ सेवाको उपयोग तथा डिजिटल भुक्तानी प्रणाली सम्बन्धी जानकारी प्रदान गरिएको बेष्ट फाइनान्स पोखरा ,शाखाका प्रमुख, सुसील बहादुर खत्रीले बताए ।
कार्यक्रममा सहभागीहरुलाई वित्तिय साक्षरताको आवश्यकता र भविष्यका लागि अर्थिक योजना बनाउने तरिकाबारे समेत प्रशिक्षण दिइएको थियो। सोही कार्यक्रममा सनी सेक्युरीटीज कम्पनी ली. ब्रोकर-४२ को तर्फबाट शेयर कारोबार सम्बधी विविध विषयमा ज्ञानमुलक जानकारी उपलब्ध गराइएको थियो।
बेष्ट फाइनान्स कम्पनीले यस्ता कार्यक्रममार्फत समुदायमा वित्तिय ज्ञान विस्तार गर्ने उदेश्य राखेको जनाएको छ। कार्यक्रमका सहभागीहरुले यस प्रकारका सचेतनामुलक कार्यक्रमले आफुहरुलाई व्यबहारिक ज्ञान प्राप्त गर्न सहयोग पुगेकोे बताएका थिए।
