Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

६० करोड रुपैयाँको ट्रेजरी बिल सोमबार

admin २०७३ पुष २४ गते
सेयर:

नेपाल राष्ट्र बैंकले ६० करोड रुपैयाँको ट्रेजरी बिल विक्री गर्ने भएको छ । नेपाल सरकारका लागि आन्तरिक ऋण जुटाउन राष्ट्र बैंक अन्तर्गत राष्ट्र ऋण व्यवस्थापन विभागले ९१ दिने अवधिको ट्रेजरी बिल विक्री गर्न लागेको हो । अनलाइन बोलकबोलका आधारमा सोमबार विक्री गरिने ट्रेजरी बिल आगामी चैत २९ गते परिपक्व हुनेछ । 

यसअघि गत शुक्रबार पनि राष्ट्र बैंकले ५६ करोड रुपैयाँ बराबरको ९० दिने अवधिको र एक अर्ब बराबरको ३६३ दिने अवधिको गरी कुल एक अर्ब ५६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गरेको थियो । जसमध्ये, ९० दिने अवधिको ट्रेजरी बिलमा ३०४ करोड रुपैयाँ बराबरका लागि आवेदन परेको थियो भने ३६३ दिने अवधिको ट्रेजरी बिलमा ४१५ करोडको आवेदन परेको थियो ।  ९० दिने ट्रेजरी बिल आगामी चैत्र २२ गते परिपक्व हुनेछ भने ३६३ दिने अवधिको ट्रेजरी बिल ०७४ पुस १८ गते परिपक्व हुनेछ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।