Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल बैंक र लिफ प्लसबीच सम्झौता, ग्राहक र कर्मचारीलाई २० प्रतिशतसम्म छुट

२०८२ आश्विन २९ गते

बैंकिङ खबर/ नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र लिफ प्लस प्रा.लि.बीच विशेष छुट सुविधा सम्बन्धी सम्झौता भएको छ। सम्झौता अनुसार नेपाल बैंकका कर्मचारी तथा बैंकमा खाता रहेका ग्राहकहरूले लिफ प्लसले उत्पादन गर्ने सुपारीको पातबाट निर्मित वातावरणमैत्री घरायसी सामग्री खरिद गर्दा विशेष छुट पाउनेछन्।

लिफ प्लस प्रा.लि.ले काठमाडौंको शंखमुलमा उत्पादन गर्ने प्राकृतिक प्लेट, कचौरा, थाल, चम्चालगायतका सामग्री कम्पनीको वेबसाइट वा WhatsApp नम्बर ९८०१८७०२०८ / ९८०२३४४१७८ मार्फत अर्डर गर्दा, यदि ग्राहकले नेपाल बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी भुक्तानी गरेमा बिल रकममा २० प्रतिशतसम्म छुट प्रदान गरिने व्यवस्था गरिएको छ।

उक्त सम्झौता पत्रमा मिति असोज २७ गते बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र लिफ प्लस प्रा. लि को तर्फबाट प्रमुख कार्यकारी अधिकृत कोबित सिंह बानियाले हस्ताक्षर गरेका हुन्।