२०८२ भाद्र २७ गते

हामी प्रभावित भयौँ, तर लगानीमा अझै प्रतिबद्ध छौँ : शेखर गोल्छा

बैंकिङ खबर/ व्यवसायी शेखर गोल्छाले अझै सशक्त भएर देशमा रोजगारी सिर्जना र लगानी गर्न प्रतिबद्ध रहेको बताएका छन्। जेनजी प्रदर्शनको क्रममा आफू र आफ्नो परिवार पनि प्रभावित भएको तर निराश वा विचलित नभएको प्रस्ट पारेका छन्।

‘आजको सुनौलो बिहानीसँगै देश सकारात्मक दिशातर्फ अघि बढोस्, लोकतन्त्र अझै सुदृढ होस् भन्ने कामनासहित हामी पनि अझै सशक्त रुपमा रोजगारी सिर्जना गर्न र लगानी गर्न प्रतिबद्ध रहेको विश्वास दिलाउन चाहन्छु’, आगोले ध्वस्त आफ्नो संरचनाको गेटको तस्बिर राख्दै उनले भनेका छन्।