२०८२ भाद्र २५ गते

अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन : सचिवालय

बैंकिङ खबर/ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएको अर्थमन्त्रीको सचिवालयले बताएको छ।

हिजो (भदौ २४ गते) पौडेलमाथि कुनै आक्रमण नभएको सचिवालयको जनाएको हो। ‘२०८२ साल भदौ २४ गते उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक हुन्। उहाँमाथि कुनै आक्रमण भएको छैन,’ सचिवालयले भनेको छ।