Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
रियल-स्टेट

घरजग्गा कारोबारमा २.७२ मूल्य अभिवृद्धि दर रहने प्रक्षेपण

२०८२ बैशाख १७ गते

बैंकिङ खबर/सरकारले घरजग्गा कारोबारमा २.७२ मूल्य अभिवृद्धि दर रहने प्रक्षेपण गरेको छ । बुधबार राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ वार्षिक राष्ट्रिय लेखा तथ्याङ्कअनुसार घरजग्गा कारोबार कुल मूल्य अभिवृद्धिदर २.७२ प्रतिशत हुने प्रक्षेपण गरेको हो ।

साथै यो क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ८.२९ प्रतिशत योगदान रहने प्रारम्भिक अनुमान गरेको छ । साथै घर जग्गाको कारोबारमा भएको सामान्य वृद्धि र निजी आवास तथा भाडाका क्रियाकलापमा भएको बढोत्तरीले यस क्षेत्रको कुल मूल्य अभिवृद्धि अघिल्लो वर्षको तुलनामा सामान्य रूपमा बढ्ने प्रारम्भिक अनुमान गरिएको हो ।

गत आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रको वृद्धिदर २.४३ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । आर्थिक वर्ष २०७९/८० को तथ्यांकअनुसार उक्त वर्ष यस क्षेत्रको वृद्धिदर २.९१ प्रतिशत कायम भएको छ ।