Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

लुम्बिनी विकास बैंकद्वारा पर्वतारोही शेर्पालाई बैंकको लोगो अंकित ब्यानर हस्तान्तरण

admin २०८२ बैशाख २ गते
सेयर:

बैंकिङ खबर/ लुम्बिनी विकास बैंकले पर्वतारोही कामी रिता शेर्पा ३१ औं पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणमाो जान लागेको अवसरमा सफलताको शुभकामना कार्यक्रम आयोजना गरेको छ ।

सगरमाथामा किर्तिमानी पर्वतारोही कामी रिता शेर्पाले लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानर २ पटक सम्म सर्वोच्च शिखर सगरमाथा पुर्‍याई सकेका छन् । उक्त कार्यक्रममा पुनः तेश्रो पटक यस बैंकका्े लोगो अंकित ब्यानर सर्वोच्च शिखर सगरमाथामा पुरर्याउनको लागी बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा ले किर्तिमानी पर्वतारोही कामी रिता शेपा लाई हस्तान्तरण गरे ।

पर्वतारोही शेर्पा बिगत दुई दशक देखि यस लुम्बिनी विकास बैंकमा “निरन्तर सहयात्री” बनी आबद्द छन् । उनको यो किर्तिमानी आरोहण आफ्नो लागि मात्र नभएर आफ्नो परिवार, शेर्पा समाज तथा सम्पूर्ण नेपालको लागि आफूले ३१औं आरोहण गर्न लागेको जानकारी दिए ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।