Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
वित्तीय साक्षरता

के हो सरकारी ऋणपत्र ?, यस्ता छन् यसका प्रकार

admin २०८१ कार्तिक २० गते
सेयर:

बैंकिङ खबर/ सरकारले आन्तरिक ऋण उठाउन प्रयोग गर्ने उपकरणलाई सरकारी ऋणपत्र भनिन्छ। नेपाल राष्ट्र बैंकका अनुसार हाल नेपाल सरकारले आन्तरिक ऋण परिचालन गर्न ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र गरी ४ प्रकारका उपकरण प्रयोगमा ल्याएको छ।

यी उपकरणमध्ये ट्रेजरी बिल्स र विकास ऋणपत्रमार्फत बैंक तथा वित्तीय संस्था, अन्य संगठित संस्था र नेपाली नागरिकहरुबाट ऋण परिचालन गरिन्छ भने नागरिक बचतपत्रमार्फत बचतमा प्रोत्साहन गर्ने उद्देश्यले सबै नेपाली नागरिक र गैरआवासीय नेपालीबाट ऋण परिचालन गरिन्छ।

यसैगरी वैदेशिक रोजगारमा रही विप्रेषण आय प्राप्त गर्ने नेपाली नागरिक र निजका एकाघर परिवारका सदस्य तथा गैरआवासीय नेपालीलाई लक्षित गरी वैदेशिक बचतपत्र निष्कासन गर्ने गरिएको छ। यस्ता ऋणपत्रको निष्कासन र व्यवस्थापन नेपाल सरकारको सार्वजनिक ऋण व्यवस्थापन कार्यालय गर्दछ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।