Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नामी र सेरेस ईभी किन्न राष्ट्रिय वाणिज्य बैंकले कर्जा दिने, यस्ता छन् शर्त

२०८१ आश्विन १६ गते

बैंकिङ खबर/ राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र एमएडब्लु वृद्धि मोटर्स प्रालिबीच विद्युतीय गाडीमा कर्जा लगानी गर्ने सम्झौता भएको छ। सम्झौताअनुसार वार्षिक ७.७७ प्रतिशत स्थिर ब्याजदरमा निजी सवारी (रातो प्लेट) को नामी र सेरेस विद्युतीय गाडी (ईभी) का लागि मासिक किस्ताबन्दीमा कर्जा भुक्तानी गर्ने सम्झौता भएको हो। यसअनुसार बैंकले अधिकतम एक करोड रुपैयाँसम्म कर्जा लगानी गर्नेछ।

कर्जा रकमको ०.७५ प्रतिशत सेवा शुल्क लाग्ने बैंकले जनाएको छ। गाडीको कोटेसनमा अंकित मूल्यको विद्युतीय गाडीको बढीमा ८० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्ने छ भने बढीमा सात वर्षसम्म कर्जा अवधि रहनेछ। यो सम्झौता २०८१ कात्तिक मसान्तसम्म मात्र लागू हुनेछ।